गठबन्धनको अपरिहार्यता भोलि पनि रहनेछः प्रधानमन्त्री देउवा

स्वर्णिम खबर
७ कार्तिक २०७९, सोमबार १७:३५

७ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण कोहीपनि राष्ट्र र राष्ट्रिय एकताको बिरुद्धमा जान नसक्ने बताउनुभएको छ ।
सोमवार काठमाडौँमा आयोजित सत्तारुढ गठबन्धनको वागमती प्रदेश स्तरिय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका कारण कोहीपनि राष्ट्र र राष्ट्रिय एकताको खिलाफमा जान नसक्ने बताउनुभएको हो । उहाँले कसैले प्रजातन्त्र बिरोधी कार्य गर्न पनि नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले गठबन्धन कायम रहेमा समावेशिताको खिलापमा पनि कोही जान नसक्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले अहिले संक्रमणकालिन समय भएकाले आपसमा झगडा गर्नु नहुने बताउनुभयो । उहाँले गठबन्धनका कारण सबैले टिकट पाउन नसकेको भन्दै सबैलाई न्यायपूर्ण तरिकाले चुनावमा उठाउने प्रयास गर्ने बताउनु भयो ।
प्रधानमन्त्री देउवाले आफूलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै गठबन्धन नबनेको स्पष्ट पार्नुभयो । देशमा स्थायी शान्ति, दह्रो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको भन्दै उहाँले यसको अपरिहार्यता भोलि पनि रहने उल्लेख गर्नुभयो ।
चुनावमा कुनैपनि दलको बहुमत नआउने भएकाले आसपमा मिल्नुपर्ने बाध्यता भएको उहाँको भनाई छ । गठबन्धनका दलहरु बिच आपसमा एकतावद्ध भएर गठबन्धनका उम्मेदवारलाई विजय गराउन उहाँले आग्रह गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*