नेसपाको चुनावी घोषणापत्रः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जोड

स्वर्णिम खबर
६ कार्तिक २०७९, आईतवार १८:५४

६ कात्तिक, काठमाडौँ । नेपाल समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने विषयलाई जोड दिएर चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिवद्धता पत्रमा मुलुक प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्नेमा जोड दिइएको बताउनुभयो । त्यस्तै पूर्ण समानुपातिक संसद र सांसदहरुलाई विधायकी काममा मात्रै केन्द्रित गर्नुपर्ने विषय उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै आफ्नो पार्टीको प्रतिवद्धतापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, हरियो, सफा र खुला शहर, उद्यमीलाई देशभरी प्रोत्साहन, व्यवसायिक कृषिलाई प्राथमिकता, भौतिक पूर्वाधारमा विशेष पहल गर्ने कुरालाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो ।
अध्यक्ष भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारीले आफ्नो मन्त्रीमण्डल स्वतन्त्रतापूर्वक विज्ञ तथा राष्ट्रिय जीवनका महत्वपूर्ण व्यक्तित्वहरुबाट बनाउन सक्ने व्यवस्था गर्नुपर्ने, संघ र प्रदेश दुवै तहमा समावेशीता हुनुपर्ने बताउनुभयो । उहाँले राज्यका सबै अंगहरु शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप सञ्चालन हुनुपर्ने, राष्ट्रिय महत्वको विषयमा जनमत संग्रहको व्यवस्था हुनुपर्ने व्यवस्था पनि आफूहरुको एजेण्डा भएको उल्लेख गर्नुभयो ।
नेसपाको प्रतिवद्धतापत्रमा आर्थिक रुपान्तरणका लागि ५ विशेष प्रतिवद्धताहरु उल्लेख गरिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*