गठबन्धनले चुनाव जितेमात्रै देशले लय समात्छः डा.महत

स्वर्णिम खबर
२९ आश्विन २०७९, शनिबार १८:१८

२९ असोज, काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गर्नुभएको छ ।
शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रवक्ता महतले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताउनु भयो । उहाँले देशमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धन देशभर गर्नेकाम गठबन्धनबाट नै सम्भव रहेको बताउनु भयो ।
प्रवक्ता महतले संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन बनेको जिकिर गर्दै पार्टीको केन्द्रिय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हुन आवश्यक भएको बताउनु भयो । उहाँले जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएर स्वार्थकेन्द्रित भएको आरोपसमेत लगाउनु भयो । उहाँले ओलीको नेतृत्वमा देशको नेपालको परराष्ट्रनीति अल्मलिएको भन्दै अबका दिनमा नेपालको स्वार्थ केन्द्रितमा हुने बताउनु भयो । प्रवक्ता महतले नेकपा एमाले अध्यक्ष ओलीले जतिसुकै फण्डा गरेपनि गठबन्धनको जित सुनिश्चित रहेको दाबीसमेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*