मकवानपुरमा एमाले र गठबन्धनका उम्मेद्वारहरुले गरे उम्मेदवारी दर्ता

स्वर्णिम खबर
२३ आश्विन २०७९, आईतवार १८:२७

२३ असोज, हेटौँडा । मकवानपुर जिल्लाको प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ ।एमालेले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एमालेका तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी प्रतिनिधी सभा क्षेत्र नम्बर–२ मा एमाले बागमती प्रदेशका उपसचिब तथा प्रचार विभागका प्रमुख महेश कुमार बतौलाले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी क्षेत्र नम्बर–१ को (क) मा एमालेका बागमती प्रदेश सदस्य कमल बहादुर विष्ठ र (ख) मा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको हो । यसैगरी प्रतिनिधीसभा क्षेत्र नम्बर–२ को (क) मा बिष्णु ढकाल र (ख) मा लालबहादुर थापाले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

यस्तै गठबन्धन तर्फबाट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी डिना उपाध्यायले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराउनुभएको छ । मकवानपुर १ को (क) मा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी र १ को (ख) मा नेपाली कांग्रेस तर्फका आनन्दराम पराजुलीले पनि उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । मकवानपुर २ क (मा) माओवादी केन्द्रका कुमारी मोक्तान र २ (ख) मा इन्द्र बानियाँले पनि मनोनयन गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*