मकवानपुरमा धमाधम उम्मेदवारी दर्ता गर्दै
२३ असोज, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दिपकबहादुर सिंहले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । उनको उम्मेदवारीमा सन्दीप सापकोटा प्रस्तावक र गोपी प्रसाद न्यौपाने समर्थक छन् । सिंह राप्रपाका पुराना कार्यकर्ता हुन् । उनी स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगर प्रमुखमा पनि उम्मेदवार बनेका थिए । उपमहानगर प्रमुख पदमा उनले २० हजार ५३१ मत प्राप्त गरेका थिए ।
यसैगरी हाम्रो नेपाली पार्टीबाट मकवानपुरमा तीनजनाले उम्मेद्वारी दर्ता गरेका छन् । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ बाट दिपेन्द्रचन्द ठकुरीले उम्मेद्वारी दताए गराएका छन । यस्तै प्रतिनिधिसभा क्षेत्र नंबर १ को प्रदेश ‘क’ मा किशोर रानाले उम्मेद्वारी दर्ता गर्दा प्रदेश ‘ख’ मा किशोर अर्यालले उम्मेद्वारी दर्ता गरेका छन् । तीनै जना उम्मेद्वारहरु राष्ट्रिय झण्डा बोकेर उम्मेद्वारी दर्ता गर्न हेटौँडा २ मा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

यसैगरी मकवानपुर क्षेत्र नम्बर २ (ख)बाट गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका आनन्दराम पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार पराजुलीले जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । पराजुलीको प्रस्तावकमा उत्सव इटनी र समर्थकमा हरि पौडेल रहेका छन् ।














