निर्वाचन कार्यतालिका सर्दैन, मनोनयन दर्तामा आयोग सहजीकरण गर्छः निर्वाचन आयोग

स्वर्णिम खबर
२२ आश्विन २०७९, शनिबार १८:१३

२२ असोज, काठमाडौँ । निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने बताएको छ ।
निर्वाचन आयोगले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कुरा स्पष्ट पारेको हो । आईतबार आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्यसका लागि योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार मनोनयनका लागि आवश्यक सहजीकरण गर्न निर्वाचन आयोग तयार रहेको बताउनुभएको हो । उहाँले निर्वाचन कार्यतालिका भने पछि सार्न नसकिने पनि स्पष्ट पार्नु भयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारीको मनोनयनका लागि उम्मेदवारहरुको भौतिक उपस्थिति अनिवार्य नरहेको पनि बताउनु भयो ।
निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढि निर्वाचन अधिकृतको कार्यालयमा नजान पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेको छ । आयोगले यो वर्ष भने निर्वाचनको दिन मंसीर ४ गते यातायातको साधन व्यवस्थित ढंगले संचालन गर्नका लागि अनुमति दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले विगतमा वर्षहरुमा निर्वाचनका दिन नेपाल बन्द आह्वानको दिन जस्तो भएकाले त्यसो हुन नदिन पनि यातायातका साधनहरु संचालन गर्न अनुमति दिने निर्णय गर्नुपरेको बताउनु भयो ।
निर्वाचन आयोगले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न हुने गरी निर्वाचन सुरक्षा व्यवस्था पनि मिलाइएको जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*