कमल थापाले पाएन एमालेको साथ, मकवानपुर १ र २ दुबैमा एमालेको उम्मेदवार

स्वर्णिम खबर
२१ आश्विन २०७९, शुक्रबार १८:३७

२१ असोज, हेटौँडा । नेकपा (एमाले) ले मंसिर ४ गते हुने चुनाबमा मकवानपुरको प्रतिनिधिसभाको २ वटै निर्वाचन क्षेत्र र प्रदेशसभाको ४ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।
एमाले केन्द्रीय सचिवालय बैठकले एमालेका उम्मेदवारहरुको टुङ्गो लगाएको हो । मकवानपुरका प्रतिनिधी र प्रदेशसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै सिफारिस भएर केन्द्रमा पुगेकाहरुको नामावली मध्यमा उम्मेदवार बन्नेहरुको नामको टुङ्गो लागेको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताउनुभयो । एमालेले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना र प्रतिनिधी सभा क्षेत्र नम्बर–२ मा एमाले बागमती प्रदेशका उपसचिब तथा प्रचार विभागका प्रमुख महेश कुमार बतौलालाईं उम्मेदवार बनाएको उहाँले बताउनुभयो । यसैगरी क्षेत्र नम्बर–१ को (क) मा एमालेका बागमती प्रदेश सदस्य कमल बहादुर विष्ठ र (ख) मा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यसैगरी प्रतिनिधीसभा क्षेत्र नम्बर–२ को (क) मा बिष्णु ढकाल र (ख) मा लालबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय भएको हो । यससंगै एमालेले मकवानपुर क्षेत्र १ नं. राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन नगर्ने भएको छ । थापा एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवार हुन चाहन्थे । यही असोज २३ गते हेटौंडामा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार बनाउने निर्णय भएकाहरुले उम्मेदवार दर्ता गराउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*