सन्दिप लामिछाने विमानस्थलबाटै पक्राउ, अदालतमा आइतबार उपस्थित गराइने

स्वर्णिम खबर
२० आश्विन २०७९, बिहीबार १३:४९

२० असोज, काठमाडौँ । बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् ।
दोहाबाट कतार एयरवेजको जहाजमार्फत बिहीबार बिहान नेपाल फर्किएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो । आफू आज स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो । सन्दीप लामिछानेलाई अहिले प्रहरी वृत्त, गौशाला काठमाण्डौमा राखिएको छ । अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । शुक्रबार सम्म दशैंको विदा र पर्सि शनिबारका कारण अदालत बन्द हुनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइनेछ । भदौ २१ मा एक किशोरीले लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यस्तै प्रहरीले सन्दीपविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस समेत जारी गरिसकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*