६ नं. वडा स्तरीय ब्याडमिन्टनः भीम र अमितको जोडीले जित्योे उपाधि

स्वर्णिम खबर
१५ आश्विन २०७९, शनिबार १९:५९

१५ असोज, हेटौँडा । वडा दशैं, शुभ दिपावली, नेपाल सम्वत् एवम छठ पर्वको अवसरमा ६ नं. वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
रोहिनी एण्ड स्वस्तिक बाल उद्यन संस्थाको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नं. ६ स्थित ब्याडमिन्टन कोर्टमा शनिबार भएको फाइनल खेलमा भीम तिमल्सिना र अमित बिसीको जोडीले प्रतियोगिताको उपाधि जितेका छन् ।

त्यसैगरी बिनोद राई र रामशरण दुलालको जोडी उपबिजेता हुँदा हरेराम राई र अमित थापा मगरको जोडी तृतीय भएका छन् । प्रतियोगिताका बिजेता एवम् उपबिजेता र तृतीय भएकाहरुले नगद सहित शिल्ड र मेडल प्राप्त गरेका छन् ।

कार्यक्रममा ६ नं. वडाका पूर्व सदस्य राजकुमार बास्तोला, प्रहरी चौकी चौघडाका इन्चार्ज रामशरण दुलाल, बाल उद्यनका अध्यक्ष चर्तुभुज राई लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*