राजनीतिमा कोर्स करेक्सन आवश्यक देखियोः पूर्वराजा ज्ञानेन्द्र
१४ असोज, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा कोर्स करेक्सन आवश्यक देखिएको बताउनुभएको छ ।
दसैंको अवसरमा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रियता र इतिहास नै संकटापन्न अवस्थामा पुगेको उल्लेख गर्दै कोर्स करेक्सन आवश्यक रहेको बताउनुभयो । उहाँले परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गएको टिप्पणी गर्नुभयो । देशमा व्यप्त भ्रष्टचारले समाज र व्यवस्थालाई भ्रष्ट तुल्याएको उहाँको आरोप छ । राजनीतिक दल पदलोभ र भागबण्डा गरेर आफ्नै सुविधातिर केन्द्रित हुन लागेको दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यसले देशको हालत कस्तो होला भनी प्रश्न समेत गर्नुभयो ।
देशको वर्तमान अवस्थाबाट जनतामा उत्साह नभएको र भविष्यको पनि कुनै भरोसा नभएको पुर्व राजा शाहको ठहर छ । प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने उल्लेख गर्दै उहाँले केही समय यता देशको धर्म, संस्कृति सभ्यतामाथि नैघातक प्रहार हुँदै आएको उल्लेख गर्नुभयो । अहिलेको राजनीतिक अवस्थाले सर्वसाधारणको जीवनलाई सकसपूर्ण बनाएको र देशलाई नै दाउमा राख्न खोजेको उहाँको आरोप थियो ।
उहाँले युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको पनि बताउनुभयो ।













