राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु दुर्भाग्यपूर्णः प्रवक्ता महत

स्वर्णिम खबर
११ आश्विन २०७९, मंगलवार १८:४७

११ असोज, काठमाडौँ । नेपाली काग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाउनुभएको छ ।
मंगलबार कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले दुईपटकसम्म संसदले पारित गरेर राष्ट्रपतिसम्म पु¥याउँदा पनि त्यसलाई हस्ताक्षर गरेर नफर्काउनु दुर्भाग्यपूर्ण रहेको जिकिर गर्नुभयो । प्रवक्ता महतले नागरिकता विधेयक प्रमाणीकरण नगरेर निर्वाचनको मुखमा यसलाई राजनीतिक रङ्ग दिने कोशिस भएको आरोप लगाउनु भयो । उहाँले यो विषय निर्वाचनको बेलामा वहसको विषय बन्ने बताउनु भयो ।
प्रवक्ता महतले आगामी निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेसको उम्मेदवारहरुले गठबन्धनलाई सफल बनाउन लागि पर्ने हो भने आगामी निर्वाचनपछि नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचन पछि बन्ने सरकारले नै लोकतन्त्रलाई थप मजबुत बनाउने बताउनुभयो । प्रवक्ता महतले ५ दलीय गठबन्धनलाई अन्तिम रुप दिने काम भइरहेको र दुई दिन भित्र नै सिट बाँडपफाँटको टुंगो लाग्ने दाबी गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*