सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन सकिँदैनः यातायात मन्त्री

स्वर्णिम खबर
१० आश्विन २०७९, सोमबार १८:५६

१० असोज, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल सरकारको लगानीमा पूर्व–पश्चिम रेल बनाउन नसक्ने बताउनुभएको छ ।
सोमवार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले कुनै अध्ययन बिना नै ओली सरकारले रेल निर्माण गर्ने योजना बनाएको आरोप लगाउनुभयो । मन्त्री राईले अहिले नेपालमा सञ्चालनमा रहेको जनकपुर रेल घाटामा रहेको भन्दै पूर्व–पश्चिम रेल सञ्चालनले राज्यलाई फाइदा हुने पक्षको काम गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्व–पश्चिम रेल औचित्य र आवश्यकताको आधारमा बनाउनको लागि १२ खर्ब रुपैयाँ लागत लाग्ने दाबी गर्नुभयो । मन्त्री राईले कुनै विदेशी दातृ निकायले रेल पूर्वाधार बनाइदिने र सञ्चालन गरेको खण्डमा मात्र पूर्व–पश्चिम रेल बनाउन सकिने बताउनुभयो । उहाँले सरकारको लगानीमा रेल मात्रै नभएर पानी जहाज सञ्चालन गर्न सम्भव नभएको पनि दाबी गर्नुभयोे ।
मन्त्री राईले सरकारले गर्ने विकास निर्माणको ठेक्का प्रक्रियाको काममा अदालतले असहयोग गरेको टिप्पणी गर्नुभयो । उहाँले ठेकेदारहरु सरकार बिरुद्ध जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म जाने गरेको र अदालतले पनि जस्तोसुकै निर्णयमा स्टेअर्डर दिने गरेको बताउनु भयो । उहाँले ठेक्का प्रक्रियाको विषयमा अदालतहरुमा पनि क्षेत्राधिकार अनुसार मुद्धा लिनुपर्ने बताउनु भयो । त्यस्तै मन्त्री राईले चालु आर्थिक वर्षभरी देशका मुख्य सडकमा बाढी,पहिरो आउँदासमेत बनाउने बजेट नभएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*