काँग्रेसले जिम्मेवारी पाए संघीयतालाई कार्यान्वयन गरेर देखाउँछः प्रकाशमान सिंह

स्वर्णिम खबर
९ आश्विन २०७९, आईतवार १३:४०

९ असोज, काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गर्नुभएको छ ।
आईतवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचनले संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचनपछि केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आगामी निर्वाचनपछिको सरकारले देशमा सुशासन कायम गर्ने बताउनुभयो ।
नेता सिंहले नेपालका शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताउनु भयो । उहाँले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले आगामी शैक्षिक नीतिमा विद्यार्थीहरुलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमतावान बनाउने कुरा समावेश हुने दाबी गर्नुभयो । उहाँले नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्न जरुरी रहेको पनि बताउनुभयो । नेता सिंहले राजनीति भनेको समाजसेवा गर्ने माध्यम भएको बताउनु भयो । उहाँले हरेक वडामा स्वास्थ्य क्लिनिक हुनुपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*