प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेको बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छः अध्यक्ष ओली

स्वर्णिम खबर
६ आश्विन २०७९, बिहीबार १७:४५

६ असोज, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानून मिचेको आरोप लगाउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगबाट कानून मिचेको आरोप लगाउनुभयो । उहाँले प्रधानन्यायाधीशको महाअभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्मा राख्नु लोकतन्त्रको बिरुद्धमा भएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले नेपालको न्यायालयमा अहिले कानूनको राज नरहेको उल्लेख गर्दै संसदको सम्पूर्ण अधिकार प्रयोग गर्ने हक सभामुखलाई नरहेको जिकिर गर्नुभयो । प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने र नजरबन्दमा राख्ने अधिकार कुन कानूनले दियो ? भन्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ।
अध्यक्ष ओलीले राष्ट्रपतिलाई अपमान गर्नुलाई गठबन्धनले महानता ठानेको बताउनु भयो । उहाँले अहिलेको गठबन्धन सरकारले आफ्नो अहंकारका कारण राष्ट्रपतिसँग कुनै परामर्श नै नगरेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले अहिलेको सरकार बहुमतको नभएको जिकिर गर्दै बहुमतको धाक नलगाउन पनि सचेत गराउनु भयो ।
अध्यक्ष ओलीले मंसिर ४ गते एमालेले सरकार बनाएपछिको एक महिनाभित्र नागरिकताको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*