सरकार, संसद र राष्ट्रपतिबीच द्वन्द्वको स्थिति सिर्जना भयोः उपेन्द्र यादव
५ असोज, हेटौँडा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक आस्थाकै आधारमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेको आरोप लगाउनुभएको छ ।
बुधबार हेटौंडामा सञ्चारकर्मीहरुसंग कुराकानी गर्नुहुँदै अध्यक्ष यादवले संविधानलाई नै उल्लङघन गर्ने खेलमा राष्ट्रपति लागेको बताउनुभयो । संसद्ले पास गरेको विधेयकलाई प्रमाणिकरण नगर्ने परिपाटीले भविष्यमा सरकार, संसद् र राष्ट्रपतिबीच द्वन्द्व बढ्दै जाने अध्यक्ष यादवले टिप्पणी गर्नुभयो । उहाँले विधेयकलाई पारित नगरेर राष्ट्रपतिले नेपाली नागरिकमाथि अपराध गरेको पनि आरोप लगाउनुभयो । संविधानको संरक्षकबाटै संविधानको उल्लङघन हुनु लज्जाको विषय भएको अध्यक्ष यादवले टिप्पणी गर्नुभयो ।













