सामाजिक बिकास मन्त्रालयद्वारा ॐ बृद्धाश्रमलाई फलफुल वितरण

स्वर्णिम खबर
५ आश्विन २०७९, बुधबार १२:४४

५ असोज, हेटौँडा । संविधान दिबसको अबसरमा बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले हेटौंडा १ चौकिटोलमा रहेको ॐ बृद्धाश्रमलाई फलफुल बितरण गरेको छ ।
मन्त्रालयका सचिब रामशरण सापकोटाले बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभयो । बृद्धाश्रममा हाल २५ जना बृद्धबृद्धा आश्रय लिईरहेका छन् । सचिब सापकोटाले बृद्धाश्रमको भौतिक अबस्थाका बारेमा जानकारी लिनुभयो । कार्यक्रममा मन्त्रालयका उपसचिव र कर्मचारीहरूको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*