साफ महिला फुटबलः नेपाल फेरि पनि उपबिजतामै सीमित

स्वर्णिम खबर
३ आश्विन २०७९, सोमबार १९:१७

३ असोज, हेटौँडा । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ ।
दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । बंगलादेशका लागि कृष्णरानी सरकारले दुई गोल गरिन् । खेलको १४ औं मिनेटमा साम सुन्नहारले गरेको गोलबाट बंगलादेशले अग्रता लिएको हो । त्यसलगत्तै खेलको ४१ औं मिनेटमा कृष्णरानी सरकारले दोस्रो गोल थपिन । नेपालका लागि अनिता बस्नेतले खेलको ७० औं मिनेटमा एक गोल फर्काइन् । नेपालले दोस्रो हाफमा बंगलादेशमाथि चर्को दबाब सिर्जना गरे पनि ती निर्णायक भएनन् । यसबीच बंंगलादेशकी सरकारले ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपिन् र बंगलादेश ३–१ ले उपाधि जित्न सफल भयो । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*