अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भुमिका देखिनु सुखद्ः चिनियाँ मामिला जानकार सापकोटा

स्वर्णिम खबर
२९ भाद्र २०७९, बुधबार १३:००

२९ भाद्र, काठमाडौँ । चिनियाँ मामिला जानकार रुपक सापकोटाले अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भुमिका देखिनु नेपालका लागि नयाँ आायम भएको बताउनुभएको छ ।
विश्वका विकसित देशहरुले नेपालको संसदसँग साझेदारी र सहकार्यको नयाँ आयाम थप्नुले नेपालको संसदले नयाँ उचाई छोएको बताउनुभएको हो । उहाँले चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबाट चीन पनि नेपालको संसदसँग सहकार्य गर्न इच्छुक रहेको भन्ने कुरा प्रमाणित भएको प्रतिक्रिया दिनुभयो । उहाँले नेपालले अवलम्वन गरेको सुधारिएको संसदीय व्यवस्था र संसदको बिस्तारित भुमिकालाई नियालेर चीनले सम्बन्ध बढाएको हुनसक्ने बताउनु भयो । जानकार सापकोटाले नेपालमा भूराजनीतिक महत्व बढेका कारण नेपाललाई पनि आफ्नो पक्ष, रणनीति, कार्यक्रममा सहभागी गराउने प्रतिष्पर्धा पनि शक्ति राष्ट्रबीचमा बढीरहेको उल्लेख गर्नुभयो ।

जानकार सापकोटाले नेपालको संसदमा पनि असल संसदीय अभ्यासहरु रहेको र चीनले नेपालबाट यी असल अभ्यासहरु सिक्न लायक रहेको बताउनु भयो । उहाँले यो भ्रमणले नेपाल र चीनका राम्रा संसदीय अभ्यास साटासाट हुने र संसदीय विषयहरुलाई बढवा दिने बताउनु भयो । उहाँले सरकारसँगको सम्बन्धपछि संसदबीचको सम्बन्ध र सहकार्यलाई बलियो बनाउने कुरा आफैँमा राम्रो रहेको बताउनु भयो । उहाँले संसदसँग संसदको सहकार्य छुटिरहेको अवस्थामा चीन र नेपालबीचको संसदीय सहकार्य सुचारु हुनेले नेपाल र चीनसँगको नयाँ आयाम बिस्तार भएको उल्लेख गर्नुभयो ।


जानकार सापकोटाले शक्ति राष्ट्रहरुको भ्रमणलाई राम्रो पक्षबाट हेर्न आवश्यक रहेको र यस्ता भ्रमणबाट देशको विकासका लागि थप सहकार्य र समझदारीहरुको पहल गर्ने कुरामा फाइदा उठाउन सक्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालले अवलम्वन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई झनै बलियो बनाएर लैजान आवश्यक रहेको पनि बताउनुभयो ।


मामिला जानकार सापकोटाले अहिलेको परिस्थितिमा रणनैतिक चरित्रका सैन्य वा सामरिक चरित्रको गठबन्धन, परियोजनामा नेपाल सरिक हुनु नहुने बताउनु भयो । उहाँले आर्थिक चरित्रका सहकार्यमा राम्रोसँग अध्ययन गरेर र तोकिएका राज्य संयन्त्रहरुबाट मात्रै आर्थिक सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*