कांग्रेस नेताहरुले गठबन्धनको विरुद्धमा बोल्न मिल्दैनः गृहमन्त्री खाँण

स्वर्णिम खबर
२५ भाद्र २०७९, शनिबार १९:२४

२५ भाद्र, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली काँग्रेसका नेताहरुले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै हिँडन नमिल्ने बताउनु भएको छ ।
नेपाली काँग्रेसका नेता समेत रहनु भएका गृहमन्त्री खाँणले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रिय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेताहरुले भाषणबाजी गर्दै हिँड्न नमिल्ने बताउनु भएको हो । नेपाली काँग्रेसमा आवद्ध नेपाल तरुण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गठबन्धनमा आवद्ध भएको हुनाले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएको उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पार्नु भयो । उहाँले आफू काँग्रेस केन्द्रिय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिवद्ध रहेको समेत बताउनु भयो ।
मन्त्री खाँणले नेपाली काँग्रेसले आफ्नो हैसियत अनुसार निर्वाचनको सिट संख्या बाँडफाँड गराउने काममा भने बुद्धिमतापूर्वक काम गर्नुपर्ने बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*