बंशगोपाल माविले बाड्यो २ सय ५३ विद्यार्थीलाई छात्रवृत्ति
२३ भाद्र, हेटौँडा । ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयले २ सय ५३ विद्यार्थीहरुलाई छात्रवत्ति रकम वितरण गरेको छ ।
विद्यालयले कक्षा नर्सरी देखि ८ सम्म अध्ययन गर्ने २ सय १४ जना र कक्षा १० सम्म अध्ययन गर्ने ३६ जना दलित विद्यार्थीहरुलाई जनही ४ सयका दरले १ लाख १ हजार २ सय रुपैयाँ छात्रवति रकम वितरण गरिएको प्राचार्य रमेश प्रसाद लामिछानेले बताउनुभयो । कार्यक्रममा २०७८ सालको वार्षिक परीक्षमा कक्षा नर्सरी देखि १० सम्म कक्षागतरुपमा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । हेटौडा उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता एवम हेटौडा–६ का वडा अध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर दाहालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा शिक्षक शिक्षिका, कर्मचारी र अभिभावकको सहभागिता रहेको छ । यस बर्षको साक्षरता दिवसको नारा साक्षरता शिक्षण सिकाईको रुपान्तरण रहेको छ ।













