राजेन्द्र लिङदेनद्वारा सांसद पद त्यागेको घोषणा

स्वर्णिम खबर
१९ भाद्र २०७९, आईतवार १५:५१

१९ भाद्र, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनले सांसद पद त्यागेको घोषणा गर्नुभएको छ ।
आईतवारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद लिङदेनले प्रतिनिधि सभाको यस कार्यकालमा सांसदको रुपमा संसदमा उपस्थित नहुने घोषणा गर्नुभएको हो । उहाँले आफूले पाउने तलव, भत्ता तथा सुविधाहरुको समेत रोक्का गर्न संसद सचिवालयलाई आग्रह गर्नुभयो । उहाँले संसदको आयु मंसिर ४ गतेको निर्वाचनपछि पनि कायम राख्नेगरी प्रक्रिया अघि बढेपछि त्यसप्रति असन्तुष्ट हुँदै सांसद पद त्याग गर्ने निर्णय लिएको जानकारी दिनुभयो । सांसद लिङदेनले निर्वाचन घोषणा भएसँगै संसदको आयु जीवित राख्नु नहुने पक्षमा आफू र आफ्नो पार्टी रहेको उल्लेख गर्दै आफू अनैतिक काममा सहभागित हुन नसक्ने बताउनु भयो ।
सांसद लिङदेनले आगामी निर्वाचनपछि एक्लो सांसदको रुपमा मात्र नभई बलियो पार्टीको रुपमा संसदमा उपस्थित हुने र संसदबाट गलत निर्णय गर्न नदिने संकल्पका साथ जनतामा जाने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*