एमाले चुनावी गठबन्धनको पक्षमा छैनः महासचिव पोखरेल

स्वर्णिम खबर
१३ भाद्र २०७९, सोमबार १७:५२

१३ भाद्र, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीे स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको बताउनु भएको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकारसँग अन्तरसम्वाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी स्थानीय तहमा तालमेल गरेर जान खुला रहेको बताउनु भएको हो । तर, कुनै पनि प्रकारको चुनावी गठबन्धनको पक्षमा आफ्नो पार्टी नरहेको उहाँको भनाई थियो । राजनीतिक दलहरुले चुनाव आफ्नो नीतिको आधारमा लडनुपर्ने तर्क गर्दै महासचिव पोखरेलले आफ्नो पार्टी गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा नरहेको पटकपटक दोहो¥याउनु भयो ।
महासचिव पोखरेलले नागरिकता विधेयकसँग जोडेर राष्ट्रपतिले राजीनामा दिने कुरा अनावश्यक हल्ला मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले सो विधेयक राष्ट्रपति कहाँ पुगि नसकेको अवस्थामा त्यसबारेमा राष्ट्रपतिले के गर्ने भन्ने विषयमा टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पार्नु भयो । महासचिव पोखरेलले राजनीतिलाई सही बाटोमा ल्याउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्नु परेको बताउनु भयो ।
महासचिव पोखरेलले आगामी निर्वाचनमा बहुमत ल्याउनका लागि आफ्नो पार्टीले पार्टीका हरेक सदस्यलाई दुई मत थप गर्ने गरी अघि बढने रणनीति तय गरेको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*