राजकीय सम्मानका साथ प्रदीप गिरीको अन्त्येष्टि
५ भाद्र, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरिको राजकीय सम्मानका साथ पशुपतिनाथमा रहेको आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवम् श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यस अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व. गिरिप्रति सलामी अर्पण ग¥यो । स्व. गिरीलाई उहाँका छोरा सन्तोषले दागबत्ती दिनुभयो । गिरिको अन्त्येष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व. गिरिका श्रीमती र एक छोरा हुनुहुन्छ । ललितपुरमा रहेको मेडिसिटी अस्पतालमा उपचारार्थ रहनुभएका सांसद गिरिकाशनिवार राति निधन भएको हो ।













