आगामी निर्वाचनमा कांग्रेसलाई सफल बनाउन नेता कार्यकर्तालाई मन्त्री कार्कीको निर्देशन

स्वर्णिम खबर
१ भाद्र २०७९, बुधबार १५:१२

१ भाद्र, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनमा पनि पार्टीलाई स्थानीय तह निर्वाचनकै हैसियतमा सफल बनाउने गरी लाग्न नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।
काँग्रेस नेता समेत रहनु भएका मन्त्री कार्कीले मुलुकको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको काँग्रेसलाई मुलुकको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पनि आगामी निर्वाचनबाट पाउने गरी निर्वाचनमा तयारीमा जुट्नुपर्ने बताउनु भयो । बुधबार काठमाडौंमा स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले मुलुकको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली काँग्रेस र सत्तारुढ गठबन्धनको विकल्प नभएको पनि पटकपटक दोहो¥याउनु भयो । आगामी निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायमै रहने उल्लेख गर्दै मन्त्री कार्कीले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले हासिल गरेको सफलता प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि हासिल गर्नुपर्ने बताउनुभयो ।
मन्त्री कार्कीले पाँच वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पनि नेपाली काँग्रेसनै विजयी हुनेगरी काम गर्न स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । उहाँले विकास निर्माण, जनताको सेवा प्रवाह र उनीहरुको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन पनि स्थानीय तहको सरकारले ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट पर्नु भयो । मन्त्री कार्कीले जनतालाई मर्का नपर्ने गरी करको दर तोक्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराउनु भयो ।
मन्त्री कार्कीले स्थानीय तहमा करका दरहरु निर्धारण गर्दा सबैको सहमती लिन जरुरी रहेको पनि बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*