संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्छः सभामुख सापकोटा

स्वर्णिम खबर
३० श्रावण २०७९, सोमबार १८:१८

३० श्रावण, काठमाडौँ । सभाुमख अग्निप्रसाद सापकोटाले सरकार उदियमान व्यवस्थापिकाको पक्षमा रहेको बताउनुभएको छ ।
सोमवार संघीय संसद सचिवालयमा आयोजित संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले विश्वव्यापी रुपमा अभिभावक खाँचो भएको जस्तो महशुस भएको बताउनुभयो । उहाँले अरुले बनाएको विश्व दृष्टिकोणबाट राष्ट्रिय दृष्टिकोण बनाऔंला भनेर बस्ने छुट नरहेको भन्दै आफैँले विश्व दृष्टिकोण निर्माण गर्नुपर्ने बताउनु भयो । सभामुख सापकोटाले सरकारले बनाएका कानूनको सही कार्यान्वयन भए÷नभएको मूल्यांकन हुनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाँणले विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताउनुभएको छ । मन्त्री खाँणले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट पार्नुभयो ।
मन्त्री खाँणले मानव अधिकारको पालना गराउने सम्बन्धमा मानव अधिकारकर्मीहरुले खबरदारी गरिरहेको भन्दै मानव अधिकारकर्मीहरुको प्रशंसा गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*