तोकिएकै समयमा निर्वाचन सम्पन्न हुन्छः मन्त्री पौडेल

स्वर्णिम खबर
२५ श्रावण २०७९, बुधबार १९:०९

२५ श्रावण, हेटौँडा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै मितिमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।
बुधबार हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले चुनावमा जितहार जसको भएपनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु प्रमुख आवश्यकता भएको बताउनुभयो । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका पौडेलले निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा निर्वाचन आयोगमार्फत् आवश्यक तयारीहरु भइरहेको बताउनुभयो । निर्वाचन निश्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने उनले बताउनुभयो ।
माओवादी केन्द्र वर्तमान गठवन्धन कायम राखेर निर्वाचनमा होमिने बताउँदै मन्त्री पौडेलले सिट बाँडफाँडबारे बाहिर हल्ला भए अनुसार हालसम्म कुनैपनि सहमति नभएको बताउनुभयो । आफुहरु सिस्टम स्थापनाको लागि गठवन्धनमा रहेको भन्दै गठवन्धनको काम नसकि नयाँ दलसँग गठवन्धन सोच्न नहुने उनको भनाई थियो । गठवन्धन बाहेक अहिलेनै समाजवादी केन्द्र पनि स्थापना हुने संभावना नरहेको उहाँले उल्लेख गर्नुभयो ।
आगामी निर्वाचनबाट माओवादी केन्द्र बामपन्थी पार्टीहरुमध्ये पहिलो शक्तिको रुपमा स्थापित हुने मन्त्री पौडेलले दाबी गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*