१० दिने सडक अभियान आइतबार समापन

स्वर्णिम खबर
२२ श्रावण २०७९, आईतवार १८:१७

२२ श्रावण, हेटौँडा । देशभर गृहिणी शिक्षा लागू गर्न र भ्रष्टाचार अन्त्यको लागि महिला सीप विकास केन्द्र, मकवानपुरले गरेको १० दिने सडक अभियान आइतबार समापन भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मा सभा गर्दै अभियानलाई समापन गरेको हो । साउन १३ गतेबाट सुरु भएको अभियानमा हेटौंडाको १९ वटै वडा र ३ वटा गाउँपालिका सचेतनामुलक पर्चा वितरण र सभा गरिएको केन्द्र मकवानपुरका अध्यक्ष रिता खनालले बताउनुभयो । पछिल्लो समयमा देशमा बढीरहेको बेथिति, भ्रष्टाचार, कुशासनविरुद्ध अभियान चलाइएको अध्यक्ष खनालले बताउनुभयो । महिला साक्षर होइन शिक्षित हुनुपर्छ भन्दै अध्यक्ष खनालले महिला अब नेतृत्व तहमा आउनुपर्ने बताउनुभयो । केन्द्रका अध्यक्ष खनालको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष शान्ति आचार्य, सचिव चित्रलेखा उपाध्याय, सहसचिव लक्ष्मी गौतम, कोषाध्यक्ष गीता अर्याल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*