प्रधानन्यायाधीश जबरा बिरुद्धको महाअभियोग प्रश्ताव समितिमा पठाइयो

स्वर्णिम खबर
२२ श्रावण २०७९, आईतवार १६:५१

२१ श्रावण, काठमाडौँ । प्रतिनिधि सभाले प्रधानन्यायाधीश चालेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रश्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा महाअभियोग प्रश्तावको सम्बन्धमा छलफल भएको थियो । छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रश्ताव प्रतिनिधि सभाले यसअघि नै गठन गरेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रश्ताव पेस गर्नुभएको थियो । सभामुख सापकोटाको प्रश्ताव प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधि सभाको आगामी बैठक २०७९ साउन २४ गते मंगलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*