मंसिर ४ गतेको निर्वाचनमा तालमेल गर्ने सहमति

स्वर्णिम खबर
२० श्रावण २०७९, शुक्रबार १३:३४

२० श्रावण, काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढने औंपचारिक निर्णय गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको भोलीपल्ट आज (शुक्रबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धन बैठकले सो निर्वाचनमा पनि चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको हो । चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।
बैठकले गठबन्धन दलका एक प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको जापान भ्रमणको सफलताको शुभकामना पनि व्यक्त गरेको छ । अध्यक्ष दाहाल आज राति १० बजे जापान प्रस्थान गर्दै हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*