गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट ग¥योः अध्यक्ष ओली

स्वर्णिम खबर
१७ श्रावण २०७९, मंगलवार १८:४६

१७ श्रावण, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरी अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री ओलीले शर्मालाई फेरी अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत टिप्पणी गर्नुभयो । तुलसीलाल अमात्य स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भिषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गर्नु भयो । भ्रष्टचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी अर्थमन्त्री फेरी बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकीर समेत गर्नु भयो ।
अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै काँग्रेसलाई प्रमुख पार्टी बनाउने उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने दोहो¥याउनु भयो । उहाँले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गर्नुभयो । अध्यक्ष ओलीले आफूहरु भने पार्टी एकतानै गरेर अघि बढनुपर्ने प्रस्ताव गर्नुभयो । देश र जनताको विरुद्धमा नगएकाहरुबीच एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उहाँको भनाई थियो ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेतनतापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वास समेत व्यक्त गर्नु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*