केही प्रदेश ऐनलाई संशोधन गर्न विधेयक सर्वसम्मतिले पारित

स्वर्णिम खबर
६ श्रावण २०७९, शुक्रबार १८:१७

६ श्रावण, हेटौँडा । बागमती प्रदेशसभामा एउटा विधेयक सर्वसम्मतिले पारित भएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकबाट केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको थियो । यसैगरी शुक्रबार नै बसेको प्रदेश सभा बैठकमा ४ वटा समितिले तयार पारेको प्रतिवेदन पेश गरिएको छ । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परिक्षकको चौथो वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभएको छ । यस्तै, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरोको व्यूरो सेवाको गठन, स्थापना र काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदन समितिका सभापति माधव प्रसाद पौडेलले पेश गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*