उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता

स्वर्णिम खबर
३० असार २०७९, बिहीबार १५:४०

३० असार, काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले बिहीवार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो । भुसालको प्रश्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ । त्यस्तैगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पनि उपसभामुखमा उम्मेदवारी दर्ता गराएको छ । एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँको प्रश्तावक सांसद शान्ता चौधरी हुनुहुन्छ भने समर्थकमा सांसद कृष्णभक्त पोखरेल हुनुहुन्छ ।

गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतम

गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतम

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतमले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भुमिका खेल्ने बताउनु भयो । उहाँले आफ्नो भुमिका संवैधानिक परिषद्मा पनि हुने उल्लेख गर्दै सो भुमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 एमालेको तर्फबाट उम्मेदवार विद्या भट्टराई

एमालेको तर्फबाट उम्मेदवार विद्या भट्टराई

त्यस्तै, सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेको तर्फबाट उम्मेदवार विद्या भट्टराईले एमालेको निरन्तरको दबाबका कारण उपसभामुख चयन प्रक्रिया अगाडी बढेको बताउनु भयो । उहाँले उपसभामुख निर्वाचित हुनका लागि पार्टीले मात्रै निश्चित नगर्ने नभइ विभिन्न मापदण्डहरु हुने र आफूले सबै मापदण्ड पूरा गर्ने हिसावले उम्मेदवारी दिएको बताउनु भयो । उहाँले आफू निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*