उपेन्द्रले अहंकार गरे, उनमा पदको लोभ देखियोः बाबुराम भट्टराई

स्वर्णिम खबर
२८ असार २०७९, मंगलवार १६:४१

२८ असार, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ ।
अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाउनुभएको हो । मंगलवार काठमाडौंमा आयोजित केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गर्नुभयो । अध्यक्ष भट्टराईले अर्का अध्यक्ष यादव पक्षले बैठक अवैध भनेकोप्रति लक्षित गर्दै यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गर्नुभयो । अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्क्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खालि रहेको पदमा समेत जनजातीलाई राख्ने आफ्नो प्रश्तावलाई अध्यक्ष यादवले नमानेको बताउनु भयो उहाँले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताउनु भयो । अध्यक्ष भट्टराईले पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने बताउनु भयो । उहाँले अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनशायका साथ बोलाएको गुटको बैठकलाईमान्यता नदिने स्पष्ट पार्नुभयो ।
अध्यक्ष भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी गर्नुभयो । उहाँले नेपालमा पनि सरकार र राजनीतिक दलहरुमा आसेपासे र अहंकारी प्रवृत्तिको विकास भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष भट्टराईले राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरिरहेको उल्लेख गर्दै सत्तामा जाने भनेकै देश लुट्नका लागि भएको दाबी गर्नुभयो ।
अध्यक्ष भट्टराईले धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको दाबी गर्नुभयो उहाँले नेपाल पनि श्रीलंका जस्तै गम्भीर संकटमा रहेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*