मुलुकको अर्थतन्त्र संकटमा फसेको छैनः सञ्चारमन्त्री कार्की

स्वर्णिम खबर
२५ असार २०७९, शनिबार १८:५०

२५ असार, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ भईरहेको छ भन्ने भनाईमा कुनै सत्यता नरहेको बताउनु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गईरहेको छ भनेर भ्रममा पार्ने कोशिस भईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गर्नुभयो । शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटकपटक दोहो¥याउनु भयो । मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दावी समेत गर्नु भयो ।
मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पार्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*