प्रधानमन्त्रीलाई ओलीको प्रश्नः अर्थमन्त्रीलाई केही गर्न नसक्ने अवस्थामा पुग्नु भएको हो ?

स्वर्णिम खबर
२० असार २०७९, सोमबार १६:३२

२० असार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा तत्काल संसदीय छानवीन समिति गठन गरेर तथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नु भएको छ ।
सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो गम्भिर विषयमा पनि प्रधानमन्त्री देउवा अर्थमन्त्री शर्मालाई केही गर्न नसक्ने अवस्थामा पुग्नु भएको हो ? भनि प्रश्न समेत गर्नु भयो । प्रधानमन्त्री देउवा देशलाई बर्बाद पारेर गठबन्धन मात्रै जोगाउन लागि परेको उहाँको आरोप थियो । ओलीले विचौलियालाई राखेर बजेट बनाउने कुरा विश्वमा कहीँ पनि नभएको जिकीर गर्दै यस्तो गतिविधिलाई थितिमा ल्याउने काम गर्न सरकार सचेत नभएको बताउनु भयो । ओलीले बजेट निर्माण गरेको अघिल्लो दिनको फुटेज सार्वजनिक गरेर आफ्नो स्वच्छता प्रमाणित गर्नुपर्ने अर्थमन्त्री शर्माले आफ्नो पार्टीलाई धम्कीको भाषा बोलेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*