मानब सेवा आश्रममा बायो ग्याँस प्लान्ट जडान
१८ असार, हेटौँडा । हेटौँडा ९ स्थित मानब सेवा आश्रममा डिभीजन बन कार्यालय हेटौँडा र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा बायो ग्याँस प्लान्ट जडान गरिएको छ ।
खाना पकाउन सहज बनाउने उद्देश्यले बायो ग्याँस प्लान्ट जडान गरिएको हो । ११ लाख रुपैयाँको लागतमा प्लान्ट जडान गरिएको हो । पोखरा वास ईण्ड्रस्टिज प्रालीले प्लान्ट निर्माण गरेको हो । प्लान्ट जडाका लागि डिभीजन बन कार्यालय हेटौँडाले दश लाख र हेटौँडा उपमहानगरपालिकाले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा तथा डिभीजन बन कार्यालयका प्रमुख बन अधिकृत शिब सापकोटाको आतिथ्यतामा प्लान्ट जडान गरिएको हो ।













