हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ७१ करोड
१२ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट ल्याएको छ ।
आइतबार उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ । सामजिक विकास तर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैँया विनियोजन भएको छ । त्यस्तै वन तथा वातावरण तर्फ १२ करोड ६ लाख ८० हजार र शुसासन तथा संस्थागत विकास तर्फ ७ करोड ३३ लाख ५० हजार रुपैँया बजेट विनियोजन भएको छ । यसैगरि विविध कोष तर्फ ९९ लाख तथा बागमती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैँया विनियोजन भएको छ ।













