बसपार्कमा रहेका खाल्डाखुल्डीहरु पुर्दै
११ असार, हेटौँडा । सार्वजनिक सेवा सुधार संघर्ष समितिले हेटौंडा १० स्थित बसपार्कमा रहेका खाल्डाखुल्डीहरु पुरेका छन् ।
हेटौंडा हुँदै लामो तथा छोटो दुरीका सवारी चल्ने सडकमै खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै खाल्डाखुल्डी पुरेको समितिका सदस्य दिपेन्द्र चन्द्र ठकुरीले बताउनुभयो । स्थानीय सरकारले ठुला ठुला परियोजना बनाउने आश्वासन दिइरहँदा सडकको स्तरन्नोतिमा भने ध्यान जान नसकेको उनीहरुले बताएका छन् । आफ्नो टोल आँफै बनाउन संघर्ष समितिले स्थानीय बासीलाई आग्रह समेत गरेको छ । यस अघि संघर्ष समितिले हेटौंडा अस्पतालको प्रशासन सुधारको लागि अस्पतालको प्राङगणमै प्रदर्शन समेत गरेको थियो ।













