पेट्रोल लिटरमै २० र डिजेल २९ रुपैंयाले घट्यो

स्वर्णिम खबर
११ असार २०७९, शनिबार १४:४६

११ असार, काठमाडौँ । चौतर्फी दवावमा परेको सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी करमा कटौति गरेर भएपनि पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ घटाउने निर्णय गरिएको जानकारी दिनु भएको हो । मारमा परेका जनतालाई राहत दिन करमा कटौति गरेर भएपनि पेट्रालियम पदार्थको मूल्य घटाउने निर्णय गरिएको मन्त्री बडूले बताउनु भयो । यस अघि पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा सत्तारुढ पाँच दलबीच सहमति भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तागठबन्धनका शिर्ष नेताहरुसहित बसेको बैठकले गरेको निर्णय अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको पनि मन्त्री बडूले स्पष्ट पार्नु भयो ।
सरकारले मूल्य घटाएसँगै अव भरे राति १२ बजेदेखि लागू हुने गरी डिजेल प्रतिलिटर १६३ रुपैयाँ र पेट्रोल प्रतिलिटर १७९ पाईनेछ । यस अघि सरकारले रुस–युक्रेन युद्धलाई मुख्य कारण देखाएर यसको मूल्य वृद्धि गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*