निरंकुश शासकको रुपमा प्रस्तुत भई नगरसभा स्थगित गर्नु अनुचितः एमाले
१० असार, हेटौँडा । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका दलले आफ्ना पाटीका बहुमत नगरसभा सदस्यहरुलाई कुनै वास्ता नै नगरीकन एकलौटी ढंगले बजेट ल्याएकोमा बिरोध गरिएको छ ।
पटक पटकको छलफलमा मेयर र उपमेयरले आफ्ना हठ नत्यागेकाले सहमती जुट्न नसकेको एमालेका कार्यपालिका सदस्यहरुले बताएका छन् । हेटौँडा उपमहानगरपालिकाको आज आयोजित प्रथम नगर सभामा नगर प्रमुखले हठ र घमण्ड गरि बैठक स्थगित गरेकोप्रति बहुमत कार्यपालिका सदस्यहरुको गम्भीर ध्यानकर्षण भएको एमालेका उपमहानगरपालिका दलका नेता नविन सिग्देलले बताउनुभयो । शुक्रबार एमालेका नगरसभाका सदस्यहरुले पत्रकार सम्मेलन गर्दै मेयर र उपमेयरले एकलौटी ढंगले नीति, कार्यक्रम र बजेट निर्माण गरेको र विषयगत समिति नबनाई, कुनै पनि कार्यपालिका सदस्यहरुलाई सहभागी नगराई बजेटसभामा ल्याएकोमा बिरोध गरिएको सिग्देलले बताउनुभयो ।

नेपाली काँग्रेसका सभापति बुद्व लामा तथा नेकपा एमालेका अध्यक्ष एकालाल श्रेष्ठ तथा अन्य पार्टीका प्रमुखहरूसहित संसोधन प्रस्ताव नगर प्रमुखद्धारा नगरसभामा सम्बोधन गर्ने प्रतिबद्वता व्यक्त गर्ने र अन्य विषय सहमतिको आधारमा अगाडि बढ्ने सर्वदलीय सहमति समेत नगर प्रमुखले अटेर गरि आफूलाई जनताको सेवक नभई निरंकुश शासकको रुपमा प्रस्तुत भई नगरसभा आकस्मात स्थगित गर्नु अनुचित रहेको हेटौंडा–४ का वडा अध्यक्ष समेत रहनु भएका नविन सिग्देलले बताउनुभयो । अझै पनि सहमति, सहकार्य र उच्च समजदारी पूर्वक अगाडि बढ्ने एमालेका नगरसभाका सदस्यहरुले बताएका छन् ।
यता हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले भने एमालेका कार्यपालिकाका सदस्यहरुको हठका कारण नगरसभा स्थगित गर्नुपरेको बताउनु भएको छ । आज उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै उहाँले गणपुरक संख्या नपुग्दा नगरसभा स्थगित गर्नुपरेको बताउनुभयो ।













