हेटौंडा उपमहानगरपालिकाको नगर सभा स्थगित

स्वर्णिम खबर
१० असार २०७९, शुक्रबार १४:५४

१० असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको नगर सभा स्थगित भएको छ ।
आवश्यक गणपुरक संख्याको अभावमा शुक्रबारका लागि आव्हान गरिएको बैठक स्थगित भएको नगर प्रमुख मीना कुमारी लामाले घोषणा गर्नुभयो । नेकपा एमालेबाट निर्वाचित नगर सभा सदस्यहरुले उपस्थिति नजनाएसँगै वैठक बस्न नसकेको हो । ९५ जना सदस्य रहेको नगर सभामा शुक्रबार ४० जनाले मात्रै उपस्थिति जनाएका छन् । गणपुरक संख्याको अभावमा बैठक बस्न नसकेको जानकारी गराउनहुँदै नगर प्रमुख मीना कुमारी लामाले अर्को बैठक असार १२ गते दिउँसो १ बस्ने जानकारी दिनुभयो । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट विधिअनुसार तयार नपारिएको भन्दै विरोध जनाउँदै आएका छन् । नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यको असहमतिका बीच नगर कार्यपालिकाको अल्पमतबाटै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर सभामा पेश गर्ने निर्णय गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*