सागरपथ र सिमलटारमा स्ल्याब ढलान सुरु
६ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ को सागरपथ र सिमलटारमा स्ल्याब ढलान सुरु भएको छ ।
शहरी विकास मन्त्रालय बागमती प्रदेशको बजेटमा सिमलटारमा १ सय ८० मिटर र सागरपथमा २ सय मिटर सडक स्ल्याब ढलान सुरु भएको सागरपथ स्ल्याब ढलान तेर्सो बाटो उपभोक्ता समितिका अध्यक्ष होम प्रसाद न्यौपानेले जानकारी दिनुभयो । हिउँदमा धुलो र वर्षायामको बेलामा हिलोका कारण समस्या भोग्दै आएका स्थानीयबासी स्लाब ढलान सुरु भएपछि हर्षित बनेका छन् । स्ल्याब ढलानको ११ नम्बर वडाका सदस्य सञ्जय विडारी र विकास नेपालले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नेपाली काँग्रेस ११ नं वडाका अध्यक्ष दिपक उप्रेती, सागरपथ टोल विकासका अध्यक्ष सुर्य बहादुर थिङ, नेपाली काँग्रेस हेटौंडा ११ का सदस्य सुन्दरलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।













