हेटौंडाको मुख्य बजार क्षेत्रमा साइकल लेन बनाउन सुरु
३० जेठ, हेटौँडा । हेटौंडाको मुख्य बजारक्षेत्रमा साइकल लेन बनाउन सुरु गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैयाँ बजेट तथा हिमालयन राइडर्स सोसाइटीको समन्वयमा साइकल लेन निर्माण गरिएको हो । हेटौंडाको बुद्धचोकदेखि पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतर्फ साइकल लेन निर्माण गरिएको छ । ४ सय २ वर्गमिटर बराबरको करिब ५६ वटा साइकल लेन बुझाउने संकेत चित्र तयार पार्ने काम सुरु भएको हो । करिब ३ किलोमिटर सडकको दायाँबायाँ साइकल लेनको रेखाङ्कन गरिने हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष चेतनाथ आचार्यले जानकारी दिनुभयो ।













