हेटौडा उपमहानगरकाे संसदीय दलकाे नेतामा सिग्देल

स्वर्णिम खबर
२९ जेष्ठ २०७९, आईतवार २०:५०

२९ जेठ, हेटौडा । नेकपा एमालेका तर्फबाट हेटाैंडा उपमहानगरपालिकाका निर्बाचित सदस्यहरू मध्यबाट संसदीय दलकाे नेतामा नवीन सिग्देल चयन हुनुभएकाे छ ।

स्थानीय तहमा पार्टिकाे तर्फबाट प्रभावकारी भुमिका निर्बाह गर्न । पार्टिका घाेषित नीति कार्यक्रमलाई स्थानीय तहमा प्रचावकारी ढंगले कार्यान्वयन गराउन एमालेले हेटाैंडा उपमहानगरपालिका संसदीय दल गठन गरेकाे हाे । दलकाे उप नेतामा अनिल बाँनिया, प्रमुख सचेतक सुनिल माेक्तान, सचेतक जुना दाहाल, चयन भएका छन् । संसदीय दलकाे बाेर्ड सचिबमा फुर्वा दाेर्जे लामा चयन भएका छन् । १९ सदस्यीय बाेर्ड गठन भएकाे छ । हेटाैंडा उपमहानगर कार्यपालिकामा एमालेका ५ जना सदस्य छन् । एमाले केन्द्रीय सदस्य रामेश्वर राना, केन्द्रीय सल्लाहकार सदस्य डाेरमणि पाैडेल, केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठकाे आतिथ्यतामा संसदीय दलकाे जिम्मेवारी बाँडफाँड गरिएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*