सडक मर्मत नहुँदा चुच्चेखोलाका सर्वसाधारण सास्ती खेप्न बाध्य

स्वर्णिम खबर
१५ जेष्ठ २०७९, आईतवार १९:१७

१५ जेठ, हेटौँडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ चुच्चेखालामा अवरुद्ध भएको सडक खुलाइएको छ ।
पानी जमेर सडकमा बनेको ठुलो खाल्डोमा दुई वटा अटो फसेपछि थप सवारी दुर्घटना नहोस् भनेर बाटो बन्द गराइएको थियो । करीब दुई घण्टा लगाएर जमेको पानी कटाएसँगै बाटो खुलाइएको हो । सडक मर्मत नहुँदा यस भेगका सर्वसाधारणले सास्ती खेप्नु परेको छ । लामो समयसम्म स्तरउन्नती नहुँदा वडा नं. ६ र १७ दुबैतर्फका सडकका बिचमा ठुलाठुला खाल्डो बनेको छ । घाम लागेपछि धुलोले र पानी परेपछि खाल्डोमा पानी जमेर सवारी आवतजावत गर्न कठिनाई भएको स्थानीयले गुनासो गरेका छन् । यो स्थानमा सानाठुला गरी करिब ५० भन्दा बढी खाल्डा रहेका छन् । निर्माण कम्पनीले १५ दिन भित्रमा सडक ढलान गर्ने सहमती गरेको ६ नम्बर वडाका वडा सदस्य विजय पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*