हेटौँडाको पाथिभरा मन्दिरमा विशेष पुजा,भक्तजनहरुको उल्लेख्य भीड

स्वर्णिम खबर
२६ चैत्र २०७८, शनिबार १४:४३

२६ चैत्र, हेटौँडा । हेटौंडा–१ भैरवडाँडा स्थित पाथीभरा मन्दिरमा १ महिनादेखि भईरहेको कोटिहोम महायज्ञमा शनिबार विशेष पुजा सम्पन्न भएको छ ।
श्रद्धालु भक्तजनहरुको उल्लेख्य भीड रहेको महायज्ञमा आज बिहान विभिन्न झाकी प्रदर्शन भएको थियो । मन्दिर परिसरमा बागमती प्रदेश प्रहरी कार्यालय , हेटौंडाले ३० तोपको सलामी पनि दिएको थियो । पाथीभरा मन्दिर संरक्षण समितिका अनुसार एक महिने कोटीमा आज लाख बत्ति बाल्ने कार्यक्रम रहेको र भोलि समापन गर्ने कार्यक्रम रहेको छ । राष्ट्र शान्ती र धार्मीक पर्यटकीय स्थलको रुपमा प्रर्वद्धनको लागि गएको फागुन २६ गते अष्टमीबाट कोटीहोमको सुरु भएको थियो । मन्दिर स्थापना भएदेखिनै वर्षेनी कोटीहोम यज्ञ गर्दै आएको भएपनि यस वर्ष भने बृहत रुपमा महायज्ञ गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ । महायज्ञमा देशको विभिन्न मन्दिरहरुबाट गुरुहरुको सहभागिता रहेको छ । कोटिहोमले शान्ति, मानव कल्याण,सुस्वास्थ्य तथा पितृ उद्धार हुने र पृथ्वीमा बसोवास गर्ने सवै प्रकारका प्राणीहरुका लागि वातावरण स्वस्थ हुने पनि विश्वास रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*