बाल हेल्पलाईनमा सहयोग माग्नेमा बालक भन्दा बालिकाहरु दोब्बर

स्वर्णिम खबर
१२ चैत्र २०७८, शनिबार ११:३३

१२ चैत्र, हेटौँडा । मकवानपुरस्थित बाल हेल्पलाइनमा सहयोग माग्दै एक बर्षको अवधिमा १ हजार ६ सय ३६ जना जोखिममा परेका बालबालिकाहरुका घटना दर्ता भएका छन् ।
शिविन नेपालद्धारा हेटौंडामा बाल हेल्पलाइन नेपाल मार्फत बर्ष २०२१ मा भएका प्रगति विवरण प्रस्तुत गर्दै यस्तो जानकारी दिइएको हो ।कार्यक्रममा शिविन नेपाल मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले बालकको तुलनामा झन्डै दोब्बर बालिकाहरु जोखिममा परेको जानकारी दिनुभयो । सन २०२१ मा मकवानपुरमा ३८ प्रतिशत बालकहरुका घटना दर्ता भइरहँदा ६४ प्रतिशत बालिकाहरुका घटना दर्ता भएका ज्ञवालीले जानकारी दिनुभयो । यस्तै जिल्लामा ५० वटा बालविवाहका घटना हुन लागेकोमा ४३ वटा बालविवाह रोक्न सफल भएको बताउनुभयो । उहाँले बालविवाह बढाउनमा मोबाइल फोनको भुमिका बढी पाइएको भन्दै बालबालिकालाई रात्रीकालीन समयमा मोबाइल प्रयोग नगराउन अभिभावकले ध्यान दिनुपर्ने सल्लाह दिनुभयो ।
बाल हेल्पलाइनले यस बर्ष जोखिमपुर्ण अवस्थामा परेको अवस्थाबाट ९९ जना बालबालिकालाई उद्दार गरेको र ७४ जना बालबालिकालाई आपतकालीन आवास सुविधा दिएको जनाएको छ । सिविन नेपालद्धारा सञ्चालित बाल हेल्पलाइन नेपालले जोखिममा परेका बालबालिकालाई आपतकालीन उद्धार, राहत, संरक्षण तथा पुर्नस्थापना सेवा उपलब्ध गराउदै आइरहेको छ । बालबालिकाहरु कुनै जोखिम वा अफ्ठेरोमा परेमा बाल हेल्पलाइन नेपालको पैसा नलाग्ने फोन नम्बर १०९८मा सम्पर्क गरी सहयोग माग्न सक्ने व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*