साथीको संगत नामक नाटक प्रस्तुत
३० फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १५ मा सोमबार चुरियामाई माविका विद्यार्थीहरुले साथीको संगत नामक नाटक प्रस्तुत गरेका छन् ।
म्याप नेपाल युकेको आर्थिक सहयोगमा फोकल शिक्षक शर्मिला कुमार गम्मीको नेतृत्वमा रहेको चुरियामाई मावि(इको क्लब) र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा नाटक प्रस्तुत गरिएको हो । बालबालिकामा देखापर्नै विकृतिलाई न्युनिकरण गर्ने उद्देश्यले नाटक प्रस्तुत गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि रहनु भएका मकवानपुरका प्रहरी उपरिक्षक सुरेन्द्र गुरुङले आगामी दिनमा समाजमा देखिएका विकृति अन्त्य गर्न विद्यालयसंग सहकार्य गर्ने बताउनुभएको छ । बाल विकृतिलाई न्युनिकरण गर्न अभिभावक र विद्यालय संवेदनशील बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै विद्यार्थीहरुले विभिन्न सन्देश मुलक नृत्यहरु पनि प्रस्तुत गरेका थिए । टिम टेलिभिजनका क्यामरा पर्सन कपिल खड्काले नाटक प्रस्तुत गर्न विद्यार्थीहरुलाई सहजीकरण समेत गर्नुभएको थियो ।













