पुर्वाञ्चलका विद्यार्थी चुच्चेखोलामा
२६ फागुन, हेटौँडा । पुर्वाञ्चल विश्वविद्यालयमा बि.एस.सि. तेश्रो वर्षमा अध्ययन गरिरहेका वन संकायका विधार्थिहरुले चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह, हेटौडाको क्षेत्रमा पर्ने सालक पार्कको अवलोकन गरेका छन् ।
लोपन्मुख वन्यजन्तु सालकका बारेमा अध्ययन अवलोकन गर्न आएका विद्यार्थीहरुलाइ समुहका कोषाध्यक्ष राजन चौलागाई , समुहका क्षेत्रिय सदस्य शिव कुमार गौतमले सालक पार्कको अवलोकन गराई सामुदायिक वनको गठन देखि हाल सम्मका गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

वन विज्ञान अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि अत्यन्तै महत्त्वपूर्ण अध्ययन स्थलको रुपमा सालक पार्क छनौट गरि अवलोकनमा ल्याएको भ्रमण संयोजक एवं पुर्वाञ्चल विश्वविद्यालयका उप प्राध्यापक जीवन पौडेलले जानकारी दिनुभयो ।

प्राकृतिक रुपमा सालकलाई मनपर्ने स्थान भएकाले पनि अवलोकन गर्न आउने वन तथा वन्यजन्तुको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नेहरु पछिल्लो समय सालक पार्कमा आउने गरेका छन् ।













