बकैया गाउँपालिका वडा नंं १ महादेव डाडाँका किसानहरुलाई बाख्रा वितरण
३ फागुन, हेटौँडा । महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालले बकैया गाउँपालिका वडा नम्बर १ महादेव डाडाँमा बाख्रा वितरण गरेको छ ।
सोमबार बकैया गाउँपालिका वडा नम्बर १ महादेवडाडाँका ४० जना किसानहरुलाई प्रति किसान ५ ओटाका दरले दुई चरणमा २ सय ओटा बाख्रा वितरण गरिएको हो । बकैया गाउँपालिका र युएनडिपीको सयुक्त लगानीमा ३० लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरिएको महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालकी अध्यक्ष ईन्दिरा न्यौपानेले बताउनुभयो । कोरोना सङ्कक्र्रमणका बैदेशिक रोजगारबाट फर्केका नागरिकहरुलाई लक्षित गरी बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाका नागरिकहरुलाई कृषि तथा पशुपालनमा आकर्षित गर्न बाख्रा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दामोदर खनाले बताउनुभयो । अनुदानमा निशुल्क बाख्रा पाएपछि यहाँका नागरिकहरु हर्षित भएका छन् ।













